बिरामीको जानकारी
यौन स्वास्थ्य परीक्षण, गोपनीयता र हाम्रो प्रयोगशाला प्रक्रियाहरूको बारेमा स्पष्ट जवाफहरू।
के Apollo Diagnostic Center मा STD परीक्षण पूर्ण रूपमा गोप्य हुन्छ?
हजुर। हाम्रो STD परीक्षण १००% गोप्य हुन्छ। तपाईंको रिपोर्ट कुनै पनि तेस्रो पक्षलाई दिइँदैन र यसलाई सुरक्षित पासवर्ड-प्रोटेक्टेड PDF मार्फत सीधै तपाईंको इमेल वा ह्वाट्सएप (WhatsApp) मा पठाइन्छ।
असुरक्षित सम्पर्क भएको कति समयपछि STD परीक्षण गराउनुपर्छ?
हाम्रो अत्याधुनिक NAAT/PCR प्रविधिबाट Chlamydia र Gonorrhea को संक्रमण ५ देखि ७ दिनमै पत्ता लाग्न सक्छ। यद्यपि, १००% ढुक्क हुन १४ दिनपछि परीक्षण गराउन सिफारिस गरिन्छ। HIV, Syphilis, र Herpes को लागि विन्डो पिरियड केही लामो हुन्छ।
के STD परीक्षणको लागि रगत दिनैपर्छ वा दुख्ने स्वाब (Swab) परीक्षण गर्नुपर्छ?
पर्दैन। पुरुषहरूको लागि Chlamydia, Gonorrhea लगायतका परीक्षण पिसाबबाटै (NAAT विधिमार्फत) गर्न सकिन्छ, जुन बिल्कुलै पीडारहित छ। HIV, Syphilis, Herpes, र Hepatitis को लागि भने रगतको सामान्य नमुना आवश्यक पर्छ।
नेपालमा पूर्ण STD परीक्षणको खर्च कति लाग्छ?
हाम्रो NPHL 'A' ग्रेड ल्याबमा साधारण र्यापिड परीक्षणको (HIV, VDRL, HBsAg) शुल्क रु ५०० बाट सुरु हुन्छ। जेनिटल हर्पिसको शुल्क रु १,८०० र Chlamydia, Gonorrhea, र Ureaplasma एकैपटक जाँच्ने 'ट्रिपल STD NAAT कम्बो' को शुल्क रु ९,४०० रहेको छ।