मुख्य सामग्रीमा जानुहोस्
Apollo Diagnostic Center Logo
NPHL Category 'A' मान्यता प्राप्त • बसुन्धरा, काठमाडौं

रगत परीक्षण र स्वास्थ्य जाँचका लागि काठमाडौंको प्याथोलोजी ल्याब

स्वचालित क्लिनिकल परीक्षण। सोही दिन नियमित रिपोर्ट।

अपोलो डायग्नोस्टिक सेन्टर बसुन्धरा चौकीस्थित बिशाल भवनको चौथो तलामा रहेको नेपाल सरकार NPHL 'A' ग्रेड प्रमाणित प्रयोगशाला हो। हामी नियमित रगत, थाइरोइड र भिटामिन जाँच, फुल बडी हेल्थ चेकअप, कपाल झर्ने र हर्मोनल डन्डीफोर प्याकेज, खाना तथा धुलोको एलर्जी परीक्षण, र गोप्य STD PCR/NAAT परीक्षण प्रदान गर्दछौं। ल्याब भिजिट वा उपत्यकाभरि होम कलेक्सन सेवा उपलब्ध छ।

NPHL 'A' ग्रेड
सरकारी मान्यता प्राप्त
सोही दिन रिपोर्ट
नियमित र बिहानको PCR
MD विशेषज्ञ
NMC नं. ८४१९ प्रमाणित
रोग निदान तथा स्वास्थ्य जाँच

काठमाडौंमा रगत परीक्षण र हेल्थ चेकअप प्याकेजहरू

शरीरका प्रमुख अंगहरूको कार्यक्षमता, भिटामिनको कमी, हर्मोनल गडबडी, एलर्जी र संक्रामक रोगहरूको सटीक पहिचानका लागि तयार पारिएका प्याकेजहरू। सामान्य परीक्षण रु ५०० बाट सुरु हुन्छ भने विस्तृत प्याकेजहरूमा विशेष छुट उपलब्ध छ।

प्रिमियम स्वास्थ्य परीक्षण (Full Body Checkup)

१८ प्रमुख परीक्षण + २ महिला/पुरुष विशेष क्यान्सर र हर्मोन मार्कर

नमुना: खाली पेटको रगत, पिसाब र दिसा

यो प्याकेज कसका लागि उपयुक्त छ: वार्षिक रूपमा सम्पूर्ण शरीरको स्वास्थ्य जाँच गराउन चाहने वयस्कहरू, लगातार थकान वा कमजोरी महसुस हुने व्यक्तिहरू, वा परिवारमा मधुमेह, थाइरोइड, मुटुरोग वा बाथ रोगको इतिहास भएका व्यक्तिहरूका लागि सिफारिस गरिन्छ।

समावेश गरिएका १८ प्रमुख परीक्षणहरू:
  • १. रगतको पूर्ण जाँच (CBC)
  • २. कलेजोको कार्यक्षमता जाँच (LFT)
  • ३. मिर्गौलाको कार्यक्षमता जाँच (RFT)
  • ४. थाइरोइड जाँच (TFT: T3, T4, TSH)
  • ५. ३ महिनाको औसत सुगर (HbA1c)
  • ६. खाली पेटको सुगर (Fasting Blood Sugar)
  • ७. लिपिड प्रोफाइल (कोलेस्ट्रोल र ट्राइग्लिसराइड)
  • ८. पूर्ण आइरन प्रोफाइल (Iron Profile)
  • ९. भिटामिन डी (25-Hydroxy Vitamin D)
  • १०. भिटामिन बी-१२ (Vitamin B12)
  • ११. युरिक एसिड (Serum Uric Acid)
  • १२. बाथको जाँच (RA Factor)
  • १३. सिरम क्याल्सियम (Serum Calcium)
  • १४. अटोइम्युन स्क्रिनिङ (ANA)
  • १५. पिसाबको नियमित जाँच (Urine RE)
  • १६. दिसाको नियमित जाँच (Stool RE)
  • १७. दिसामा लुकेको रगतको जाँच (Occult Blood)
  • १८. ग्यास्ट्रिकको कीटाणु जाँच (H. Pylori Stool Antigen)
महिला र पुरुषका लागि विशेष थप:
पुरुषका लागि (+२ परीक्षण)
  • • Total PSA: प्रोस्टेट ग्रन्थीको जाँच
  • • Total Testosterone: पुरुष हर्मोनको स्तर
महिलाका लागि (+२ परीक्षण)
  • • HPV DNA Serotyping: पाठेघरको मुखको स्क्रिनिङ
  • • CA 125: डिम्बाशयको बायोमार्कर
तयारी: राती ८–१२ घण्टा खाली पेट बस्नुपर्छ (सादा पानी पिउन मिल्छ)।
प्याकेजको मूल्य बुझ्न वा परीक्षण थपघट गर्न फोन/WhatsApp गर्नुहोस्: +977-9801358872 प्रिमियम प्याकेज बुक गर्नुहोस् →

कपाल झर्ने समस्याका प्याकेजहरू

पोषण, थाइरोइड, अटोइम्युन र एन्ड्रोजेन हर्मोन प्यानल

कसका लागि: अत्यधिक कपाल पातलो हुने, अचानक कपाल झर्ने (Telogen Effluvium), तालु खुइलिने वा कपालको उपचार सुरु गर्नुअघि शरीरभित्र आइरन, भिटामिन वा हर्मोनको कमी पत्ता लगाउन चाहनेहरूका लागि।

१. Basic र Basic Plus प्यानलहरू
Basic Internal Assessment (८ परीक्षण):

CBC, Serum Ferritin (शरीरमा संचित आइरन), LFT, S. Urea, S. Creatinine, TSH, Vitamin D, Vitamin B12.

Basic Plus (९ प्रोफाइल):

CBC, LFT, S. Urea, S. Creatinine, Vitamin D, Vitamin B12, ANA (अटोइम्युन जाँच), पूर्ण Iron Profile, पूर्ण TFT (T3, T4, TSH).

२. Advance Male र Advance Female प्यानलहरू
Advance Male (पुरुषका लागि):

Basic Plus का सबै परीक्षण + Total & Free Testosterone, SHBG (सक्रिय हर्मोन नियन्त्रण गर्ने प्रोटिन), र Serum Cortisol (तनाव हर्मोन)।

Advance Female (महिलाका लागि):

Basic Plus का सबै परीक्षण + Total & Free Testosterone, SHBG, Prolactin, DHEA-S (एड्रिनल हर्मोन), र Serum Cortisol।

Cortisol का लागि बिहान ८–१० बजेको रगत उपयुक्त हुन्छ। प्याकेज बुक गर्नुहोस् →

हर्मोनल डन्डीफोर (Acne) प्याकेज

१२-प्यारामिटर इन्डोक्राइनोलोजी र इन्सुलिन रेजिस्टेन्स प्रोफाइल

कसका लागि: वयस्क अवस्थामा लगातार आउने डन्डीफोर, च्यापु र गालामा आउने गाँठागुँठी, अनियमित महिनावारी वा PCOS को शंका लागेका व्यक्तिहरूमा भित्री हर्मोनल कारण पत्ता लगाउन।

  • • CBC: रगतको पूर्ण जाँच
  • • TFT: थाइरोइड हर्मोन
  • • Total Testosterone
  • • Free Testosterone
  • • SHBG: हर्मोन बाइन्डिङ प्रोटिन
  • • DHEA-S: एड्रिनल एन्ड्रोजेन
  • • Prolactin: पिट्युटरी हर्मोन
  • • FSH & LH: डिम्बाशय हर्मोन अनुपात
  • • Serum Cortisol: तनाव हर्मोन
  • • Fasting Insulin & HbA1c: इन्सुलिन रेजिस्टेन्स जाँच
Fasting Insulin का लागि राती ८–१० घण्टा खाली पेट बस्नुपर्छ। डन्डीफोर प्याकेज बुक गर्नुहोस् →

एलर्जी परीक्षण प्याकेजहरू

Specific IgE रगत प्यानल, Skin Prick/Patch टेस्ट र Urticaria प्रोफाइल

खाली पेट बस्नु पर्दैन

कसका लागि: बारम्बार हाछ्युँ आउने, नाक बन्द हुने, दम बढ्ने, छाला चिलाउने (Eczema), शरीरमा डाबर आउने (Urticaria), खानाको एलर्जी वा ओठ र आँखाको डिल सुन्निने (Angioedema) समस्या भएका बिरामीहरूका लागि।

लक्षित एलर्जी र छालाको जाँच

  • Serum Allergy Test (Inhalation): घरको धुलोको कण (Dust mites), परागकण (Pollen), ढुसी र जनावरको रौंको एलर्जी जाँच।
  • Serum Allergy Test (Food): दुग्ध पदार्थ, बदाम, गहुँ/ग्लुटेन, अण्डा, माछा र समुद्री खानाको एलर्जी जाँच।
  • Serum Allergy Combo: खाना र श्वासप्रश्वास दुवैको संयुक्त प्यानल।
  • Serum Total IgE: रगतमा कुल एलर्जी एन्टिबडीको मात्रा।
  • ल्याब भिजिट आवश्यक: Skin Prick Test (SPT) र Skin Patch Test (डाक्टरको सल्लाह अनुसार एलर्जीको औषधि रोकेर गरिने छालाको जाँच)।

प्रणालीगत एलर्जी र ओठ सुन्निने प्रोफाइल

Systemic Test for Chronic Allergy / Hives:

लामो समयदेखिको चिलाउने र डाबर आउने समस्याको भित्री कारण जाँच्न: CBC, LFT, S. Urea, S. Creatinine, TSH, Vitamin D, Vitamin B12, ANA, Stool Antigen for H. Pylori, Stool RE र Urine RE।

ओठ वा अनुहार सुन्निने समस्या (Angioedema Profile):

माथिका सबै आधारभूत परीक्षणहरू + CRP, ESR, Complement C3, Complement C4, RA Factor, Uric Acid र Anti-TPO।

गोप्य यौन रोग (STD & STI) परीक्षण प्याकेजहरू

गोप्य नमुना संकलन • Rapid Serology, CLIA र पिसाबबाट गरिने DNA NAAT (PCR)

STD मूल्य सूची हेर्नुहोस् →

NAAT भनेको के हो? Nucleic Acid Amplification Testing (NAAT / Real-Time PCR) प्रविधिले दुख्ने स्वाबको सट्टा सामान्य सुरुको पिसाबको नमुना (First-catch urine) बाटै ब्याक्टेरिया र परजीवीको DNA पत्ता लगाउँछ। एकल र्यापिड जाँच रु ५०० बाट र मल्टिप्लेक्स NAAT प्यानल रु ८,००० बाट सुरु हुन्छ।

Basic STD

रगतबाट सर्ने प्रमुख संक्रमणहरूको आधारभूत जाँच।

नमुना: रगत • सोही दिन रिपोर्ट

Basic Plus

जेनिटल हर्पिस एन्टिबडी र सिफिलिस पुष्टिकरण सहित।

नमुना: रगत • सोही दिन रिपोर्ट
लोकप्रिय

Advance STD

रगत जाँच र पिसाबबाट गरिने पीडारहित DNA NAAT।

नमुना: रगत + पिसाब

Advance Plus

4th Gen CLIA, Titer र ५-वटा कीटाणुको पूर्ण NAAT।

नमुना: रगत + पिसाब
उपत्यकाव्यापी होम कलेक्सन सेवा

काठमाडौंमा घर तथा होटलबाटै रगतको नमुना संकलन

ट्राफिक र लाइनको झन्झट बिना आफ्नै घर, कार्यालय वा होटलको कोठाबाट बिहान वा दिउँसोको समयमा सुरक्षित नमुना संकलन सेवा लिनुहोस्।

होम कलेक्सन कसरी गरिन्छ?

अघिल्लो दिन वा सोही दिन बिहान ९:०० बजेअघि अनलाइन वा फोनबाट बुक गर्नुहोस्। हाम्रा अनुभवी स्वास्थ्यकर्मीहरू बिहान ७:०० देखि बेलुकी ५:०० बजेसम्म (आइत–शुक्र) स्टेरिलाइज्ड भ्याकुटेनर र तापक्रम नियन्त्रित कोल्ड-चेन बक्स लिएर तपाईंको स्थानमा पुग्नेछन्।

सेवा उपलब्ध क्षेत्रहरू

बसुन्धरा, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालुवाटार, लाजिम्पाट, धुम्बाराही, बुढानीलकण्ठ, टोखा, चाबहिल, बौद्ध, ठमेल र बानेश्वर लगायत ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रहरूमा सेवा उपलब्ध छ। आफ्नो स्थानका लागि बुकिङ डेस्कमा सम्पर्क गर्नुहोला।

रिपोर्ट आउने समय

बिहान संकलन गरिएका नियमित रगत, बायोकेमिस्ट्री र हर्मोन परीक्षणको रिपोर्ट सामान्यतया सोही दिन साँझसम्म तयार हुन्छ। दिउँसो संकलन गरिएका वा विशेष PCR परीक्षणको रिपोर्ट सोही साँझ वा भोलिपल्ट WhatsApp वा Email PDF मार्फत पठाइन्छ।

समय परिवर्तन (Reschedule) गर्नुपरेमा तोकिएको समयभन्दा २ घण्टा अगाडि जानकारी गराउनुहोला।
प्रयोगशाला प्रविधि र गुणस्तर

स्वचालित डायग्नोस्टिक उपकरण र गुणस्तर नियन्त्रण

सही उपचारका लागि विश्वसनीय ल्याब रिपोर्ट अनिवार्य हुन्छ। हाम्रो प्रयोगशालामा बारकोड प्रणाली र Bidirectional Laboratory Information System (LIS) जडान गरिएको छ, जसले मेसिनको नतिजा सिधै रिपोर्टमा पठाएर मानवीय टाइपिङ त्रुटिहरूलाई रोक्दछ।

चिकित्सकीय निगरानी र प्रमाणीकरण

प्रयोगशालाको सम्पूर्ण कार्यसञ्चालन, दैनिक आन्तरिक गुणस्तर परीक्षण (Internal QC) र रिपोर्ट प्रमाणीकरण डा. मनिषा शर्मा (BDS, MD Microbiology, NMC नं. ८४१९, Lab Director) को प्रत्यक्ष निगरानीमा NPHL Category 'A' मापदण्ड अनुसार गरिन्छ।

चिकित्सकीय सूचना: ल्याब रिपोर्टको व्याख्या बिरामीको लक्षणका आधारमा डाक्टरबाट गराउनुपर्छ। विशेषज्ञ परामर्श सोही भवनमा रहेको Derma Clinic मा उपलब्ध छ।

SNIBE Maglumi CLIA Analyzer at Apollo Diagnostic Center

MAGLUMI™ CLIA प्रणाली

IMMUNOASSAY

Chemiluminescence Immunoassay (CLIA) प्रविधिले थाइरोइड, टेस्टोस्टेरोन, कोर्टिसोल, इन्सुलिन जस्ता हर्मोनहरू, भिटामिन डी/बी-१२ र भाइरल एन्टिजेन/एन्टिबडीको सूक्ष्म मात्रा उच्च शुद्धताका साथ मापन गर्दछ।

Thermo Fisher QuantStudio Real-Time PCR Analyzer
मोलिक्युलर डायग्नोस्टिक्स

Thermo Fisher RT-PCR

HPV DNA सेरोटाइपिङ र मल्टिप्लेक्स NAAT यौन रोग (STD) पहिचानका लागि QuantStudio™ Real-Time PCR प्लेटफर्म।

Thermo Fisher Attune NxT Flow Cytometer
फ्लो साइटोमेट्री

Attune NxT Analyzer

कोषिका वर्गीकरण र रोग प्रतिरोधात्मक क्षमता जाँच्ने प्रविधि।

गुणस्तर नियन्त्रण

Bidirectional LIS

बारकोड ट्र्याकिङ र रिपोर्ट जारी गर्नुअघि दैनिक आन्तरिक QC प्रमाणीकरण।

बिरामीका लागि जानकारी

बारम्बार सोधिने प्रश्नहरू (FAQs)

परीक्षण शुल्क, खाली पेट बस्ने नियम, रिपोर्ट आउने समय, गोपनीयता र भुक्तानी सम्बन्धी स्पष्ट जानकारी।

NPHL 'A' ग्रेड मान्यता हुनुको अर्थ बिरामीको लागि के हो?
नेपाल सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) बाट 'A' ग्रेड (श्रेणी 'क') मान्यता प्राप्त हुनुले अपोलो डायग्नोस्टिक सेन्टरले जैविक सुरक्षा, विशेषज्ञ MD चिकित्सकको निगरानी, दैनिक आन्तरिक गुणस्तर नियन्त्रण (Internal QC) र स्वचालित प्रयोगशाला उपकरणको राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणित गर्दछ।
अपोलो डायग्नोस्टिक सेन्टरमा रगत परीक्षण र हेल्थ प्याकेजको शुल्क कति पर्छ?
एकल रगत परीक्षण र र्यापिड जाँचहरू रु ५०० बाट सुरु हुन्छन्। विशेष हर्मोन र मोलिक्युलर PCR परीक्षणहरूको शुल्क रु १,५०० देखि रु ९,४०० सम्म पर्दछ भने, सम्पूर्ण शरीरको जाँच (Full Body Checkup) र Advance Plus प्याकेजहरूको शुल्क छनोट गरिएका परीक्षण अनुसार रु १८,००० सम्म पर्दछ। बुकिङ गर्नुअघि +977-9801358872 मा फोन वा WhatsApp गरी यकिन मूल्य बुझ्न सक्नुहुन्छ।
के तपाईंहरूले काठमाडौंमा घर वा होटलमै आएर रगतको नमुना संकलन (Home Collection) गर्नुहुन्छ?
हजुर, हाम्रा तालिमप्राप्त फ्लेबोटोमिस्टहरूले आइतबारदेखि शुक्रबार बिहान ७:०० देखि बेलुकी ५:०० बजेसम्म काठमाडौं उपत्यकाका घर, कार्यालय वा होटलमा पुगेर रगत, पिसाब र दिसाको नमुना संकलन गर्दछन्। नमुनालाई तापक्रम नियन्त्रित बक्समा राखेर ल्याबमा ल्याइन्छ र रिपोर्ट ह्वाट्सएप वा इमेलमा PDF मार्फत पठाइन्छ।
कुन-कुन रगत परीक्षणका लागि खाली पेट (Fasting) बस्नुपर्छ?
प्रिमियम फुल बडी हेल्थ प्याकेज, हर्मोनल डन्डीफोर प्याकेज, खाली पेटको सुगर (Fasting Blood Sugar), फास्टिङ इन्सुलिन, लिपिड प्रोफाइल (कोलेस्ट्रोल) र आइरन प्रोफाइल जाँचका लागि राती ८ देखि १२ घण्टा खाली पेट बस्नुपर्छ। खाली पेट बस्दा सादा पानी पिउन मिल्छ। थाइरोइड, एलर्जी, भिटामिन, CBC र STD परीक्षणका लागि खाली पेट बस्नु पर्दैन।
परीक्षणको रिपोर्ट कति समयमा तयार हुन्छ?
बिहान ल्याबमा दिइएका नियमित रगत जाँच (CBC, LFT, RFT, Lipid), हर्मोन CLIA जाँच र र्यापिड परीक्षणहरूको रिपोर्ट सोही दिन साँझसम्म उपलब्ध हुन्छ। दिउँसो १:०० बजेअघि प्राप्त भएका Real-Time PCR / NAAT नमुनाहरूको रिपोर्ट पनि सामान्यतया सोही दिन आउँछ (तर नमुना दोहोर्याएर जाँच्नुपरेमा वा कल्चर गर्नुपरेमा ४८–७२ घण्टा लाग्न सक्छ)।
भुक्तानीका लागि कुन-कुन माध्यमहरू स्वीकार गरिन्छ?
हामी नगद (Cash), FonePay QR, eSewa र Khalti डिजिटल वालेट मार्फत भुक्तानी स्वीकार गर्दछौं। यो सुविधा ल्याबको रिसेप्सन र होम कलेक्सन दुवैमा उपलब्ध छ। हामीकहाँ कार्ड स्वाइप (Debit/Credit Card) को सुविधा भने उपलब्ध छैन।
अपोलो डायग्नोस्टिक सेन्टर कहाँ छ र खुल्ने समय के हो?
हाम्रो प्रयोगशाला बसुन्धरा चौकी, काठमाडौंस्थित बिशाल भवनको चौथो तलामा छ (बसुन्धरा पेट्रोल पम्पको ठिक अगाडि, Derma Clinic भएकै भवनमा)। ल्याब आइतबारदेखि शुक्रबार बिहान ०९:०० देखि बेलुकी ०७:०० बजेसम्म खुल्छ र शनिबार बन्द रहन्छ।
प्रयोगशाला भिजिट जानकारी

बसुन्धरा, महाराजगन्ज र चाबहिल नजिकैको प्याथोलोजी ल्याब: ठेगाना र समय

ल्याबको ठेगाना र लोकेसन

चौथो तला, बिशाल भवन, बसुन्धरा चौकी, काठमाडौं। चक्रपथमा बसुन्धरा पेट्रोल पम्पको ठिक अगाडि (Derma Clinic भएकै भवनमा), महाराजगन्ज टिचिङ अस्पताल र सामाखुसीबाट ५ मिनेटको दूरीमा। लिफ्ट र पार्किङ सुविधा छ।

Google Maps मा हेर्नुहोस् →

खुल्ने समय र बुकिङ

आइतबार – शुक्रबार: बिहान ०९:०० – बेलुकी ०७:००
शनिबार: बन्द
नियमित रगत र पिसाब परीक्षणका लागि सिधै ल्याबमा आउन सक्नुहुन्छ। होम कलेक्सन (बिहान ७ – बेलुकी ५) र छालाको एलर्जी टेस्टका लागि अग्रिम बुकिङ गर्नुहोला।

अनलाइन समय बुक गर्नुहोस् →

गोपनीयता र रिपोर्ट वितरण

परीक्षणको रिपोर्ट सम्बन्धित बिरामीको व्यक्तिगत WhatsApp वा Email मा मात्र PDF मार्फत पठाइन्छ। संवेदनशील यौन स्वास्थ्य परीक्षणका लागि रिसेप्सनमा गोप्य दर्ताको अनुरोध गर्न सकिन्छ।

सम्पर्क र नक्सा हेर्नुहोस् →
फोन गर्नुहोस् WhatsApp बुकिङ